‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई
काठमाडौं - यस वर्षको "नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार" वरिष्ठ पत्रकार किशोर नेपालले पाएका छन् ।
कोइरालाको १८औं स्मृति दिवसको अवसरमा सोमबार विराटनगरमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र प्रतिष्ठानकी अध्यक्ष पुनम कोइरालाले सो पुरस्कार नेपाललाई प्रदान गरेका हुन् । यो पुरस्कारको राशि २५ हजारको रहेको प्रतिष्ठानले जनाएको छ।
यसअघि प्रतिक प्रधान, युवराज घिमिरे, हरि बहादुर थापा, धर्मेन्द्र झा र विष्णु निष्ठुरीलगायत वरिष्ठ पत्रकारहरूले यो पुरस्कार पाइसकेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय