Harsamaya
सभापति कपमा आज सङ्कटा र मच्छिन्द्र आमुनेसामुने हुने
संकटा क्लब र मच्छिन्द्र क्लब । 

काठमाडौं - सभापति कपमा आज संकटा क्लब र मच्छिन्द्र क्लब आमुने सामुने हुने भएका छन् । 

नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घको योजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज संकटा र मच्छिन्द्र आमुन्ने सामुन्ने हुन लागेका हुन् । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजेबाट खेल सुरू हुनेछ । 

सर्वाधिक पुरस्कार राशिको नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । यसैगरी उप विजेता टोलीले १३ लाखमा चित्त बुझाउने छ । प्रतियोगितामा प्रत्येक खेल खेल्ने टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाइरहेको जनाइएको छ । 

प्रतियोगिताका हेर्नका लागि १ सय र ३ सय रुपैयाँको टिकट तोकिएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update