आज होलोकास्ट स्मृति दिवस

काठमाडौँ - दोस्रो विश्वयुद्धका बेला भएको बीभत्स नरसंहार पुनः नदोहोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले आज विश्वभर होलोकास्ट स्मृति दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ महासभाको प्रस्ताव ६०/७ ले २७ जनवरीलाई होलोकास्टका पीडितहरूको सम्झनामा वार्षिक अन्तर्राष्ट्रिय स्मृति दिवसको रूपमा तोकेको हो ।
यो दिवस न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालय र विश्वभरका राष्ट्रसङ्घ कार्यालयहरूमा विविध कार्यक्रमका साथ मनाइन्छ । होलोकास्टमा ६० लाखभन्दा बढी यहुदी मारिएका थिए ।
यहाँस्थित इजरायली, संयुक्त राज्य अमेरिका र सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज यहाँ संयुक्त रूपमा स्मृतिसभा आयोजना गर्ने इजरायलका राजदूत श्मुलिक आरी बासले बताए ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ ०६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय