Harsamaya
अध्यादेशको पक्षमा बोल्न कांग्रेस सांसदहरूलाई विज्ञहरूले दिए प्रशिक्षण
नेपाली कांग्रेस
काठमाडौं - नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदहरूलाई प्रशिक्षण गरेको छ ।
 
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा तीन जना विज्ञहरूबाट अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदहरूलाई प्रशिक्षण गराइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । 
 
अध्यादेशको आवश्यकता, विषयवस्तु लगायतमा खुलेर छलफल भएको र सोमबार संसदहरूले धारणा राख्ने उनले बताए । संसदहरूले धारणा राखेपछि मन्त्री र शीर्ष नेताले जवाफ दिने उनले बताए । 
 
घिमिरेले मुलुकको आवश्यकताका आधारमा अध्यादेश ल्याइएको भन्दै विरोध गर्नुपर्ने कुनै कारण नरहेको बताए । 
 
उनले अध्यादेशमा कुनै राजनीतिक विषय र विवादास्पद विषय नभएको स्पष्ट पारे । कांग्रेस संसदीय दल बैठक सोमबार सम्पन्न हुने घिमिरेले जानकारी दिए । 
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update