Harsamaya
इजरायली आक्रमणबाट लेबनानमा ११ जनाको मृत्यु
इजरायलको सिमानामा, दक्षिण लेबनान नजिकै नाकोरामा क्षतिग्रस्त भवनहरू

काठमाडौं - दक्षिणी लेबनानमा आफ्नो घर फर्कन खोजिरहेका लेबनानीहरूको भीडमाथि इजरायली सेनाले गोली चलाउँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य ४४ जना घाइते भएका छन् ।

लेबनानी सेनाको एकाइहरूले अल–मुफायलेहा क्षेत्रमा इजरायली आक्रमणको सामना गर्यो । जसको परिणामस्वरूप ११ जनाको मृत्यु भएको छ ।

आइतबार लेबनानी क्षेत्रहरूबाट इजरायलको फिर्ताको लागि ६० दिनको समयसीमा समाप्त भएको छ ।

इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बीचको द्वन्द्व पछि नोभेम्बरको अन्तमा भएको युद्धविराम सम्झौता अन्तर्गत लेबनानी सेनाले लितानी नदीको दक्षिणी क्षेत्र नियन्त्रणमा लिनेछ ।

युद्धविराम सम्झौताको बावजुद, इजरायली सेनाले लेबनानमा आक्रमण जारी राखेको छ, जसमध्ये केही सीमा क्षेत्रमा मृत्यु र घाइते भएका छन् । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update