Harsamaya
धनगढीमा दाइको हत्या आरोपमा भाइ पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya
कैलाली - धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गएराति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 
 
प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गएराति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो । कैँची प्रहारबाट घाइते भएका दाइ लाल बहादुरको उपचारका क्रममा बिहान २:५० मा मृत्यु भएको उनले बताए । 
 
मृतकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । हत्याको आरोपमा भाइ प्रकाशलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update