Harsamaya
सुन–चाँदीको भाउमा गिरावट, यस्तो छ आजको मूल्य
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको थियो । 

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ८० रुपैयाँ कायम रहेको थियो । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update