क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ (विज्ञप्तिसहित)

काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
दर्लामीले क्रोएसिया पठाइदिन्छु भन्दै १ पीडितबाट ५ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
विज्ञप्ति :-
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१ २०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय