Harsamaya
गाजाबाट मुक्त चार इजरायली बन्धक इजरायल फर्किए
प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) को कैदी आदानप्रदान कार्यक्रम
गाजा - गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरिएको इजरायल सुरक्षा एजेन्सी (आईएसए) ले जनाएको छ ।
 
इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् ।
 
‘चार बन्धकहरू इजरायली क्षेत्र फर्किँदा इजरायल डिफेन्स फोर्स (आईडीएफ) र आईएसए बलहरूसँगै थिए, जहाँ तिनीहरूको प्रारम्भिक चिकित्सा परीक्षण हुनेछ’ विज्ञप्तिमा भनिएको छ ।
 
चारै जनाले गाजा पट्टी सीमा नजिकैको आईडीएफको शिविरमा आफ्नो परिवारलाई भेट्ने कार्यक्रम छ । त्यहाँबाट उनीहरूलाई मध्य इजरायलको बेलिन्सन अस्पतालमा हेलिकप्टरबाट सारिनेछ ।
 
गाजाको रेडक्रसमा हमासबाट चार सैनिकको स्थानान्तरण प्रत्यक्ष प्रसारण गरिएको थियो । चारैजना मुस्कुराउँदै थिए । बन्धक रिहाई हमास र इजरायल बीचको बन्दी–बन्धक आदानप्रदानको दोस्रो चरणको भाग हो, जुन युद्धविराम सम्झौताको प्रारम्भिक सर्तहरू अन्तर्गत लागू गरिएको थियो ।
 
छ हप्ताको युद्धविरामको पहिलो चरण जनवरी १९ मा लागू भएको थियो । इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताले १५ महिनाको तीव्र लडाइँपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो ।
 
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update