Harsamaya
नेपालमा रड हानेर भारतमा लुकेका नुवाकोटका अजय र गोरखाका दिपक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ज्यान मार्ने उद्योग कसुरका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–४ घर भई काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छ्न् ।

काठमाडौं महानगरपालिका–३ लाजिम्पाटस्थित ईनोभा अस्पतालको पार्किङमा गत कात्तिक ११ गते एक जना व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कञ्चनपुर भीमदत्त नगरपालिकास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

 उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update