Harsamaya
प्रहरी जवानको उपचारका क्रममा मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कञ्चनपुर - कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टले आफैँलाई गोली प्रहार गरेपछि उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ।

कैलालीको निःशर्क अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए। माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए।

गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्काल महाकाली प्रादेशिक अस्पताल लगिएको भए पनि उपचार हुन नसकेपछि कैलालीको निःशर्क अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update