अखिल क्रान्तिकारीको आज निर्वाचन, अध्यक्षमा ५ जनाको उम्मेदवारी

काठमाडौं - नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को भावी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
पटक पटक स्थगित हुँदै आएको मतदान आज बिहानबाट सुरू हुन लागेको हो ।
भावी नेतृत्व तथा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । जसअनुसार अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवको उम्मेदवारी कायम रहेको छ ।
अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्यसहित २४३ जनाको शनिवार निर्वाचन चुनिँदैछन् ।
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१ ०७:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय