Harsamaya
आजको मौसमः तराईमा शीतलहर
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी)मा मन्द शीतलहरको अवस्था रहेको छ भने  बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु/कुहिरो लागेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा माघ १३ सम्म शीतलहरको अवस्था नै रहने सम्भावना छ । मधेश प्रदेशको पश्चिमी भूभाग तथा बाँकी प्रदेशहरूका तराईका भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र मध्यान्ह पछि क्रमिक रुपमा सुधार हुने महाशाखाले जनाएको छ। 

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update