Harsamaya
सूर्योदय

काठमाडौं - भक्तपुर र काभ्रपलाञ्चोकको संगमस्थल नगरकोट केवल एक पर्यटकीय गन्तव्य मात्रै होइन, प्रकृति र शान्तिको खोजी गर्नेहरूको स्वर्ग हो। राजधानी काठमाडौंबाट ३२ किलोमिटर दूरीमा रहेको नगरकोटबाट देखिने हिमालका सुन्दर दृश्यले प्रत्येक आगन्तुकलाई मन्त्रमुग्ध बनाउँछ।

सूर्योदय र सूर्यास्तका अनुपम क्षणहरू यहाँको प्रमुख आकर्षण हुन्। माउन्ट एभरेस्टसहितका हिमालहरूको दृश्यले मौसम खुलेको बेला नगरकोटलाई झन् जादूमय बनाउँछ। हरियाली, गाउँले जीवनशैली र मनमोहक जंगलले नगरकोटको सौन्दर्यमा चार चाँद थपेका छन्।

पर्यटकका लागि यहाँका होटल र रिसोर्टहरूले आरामदायक बसोबासको सुविधा प्रदान गर्छन्। साथै, ट्रेकिङ, साइक्लिङ र वनभोज जस्ता गतिविधिहरूले यहाँको यात्रा थप रोमाञ्चक बनाउँछ।

नगरकोट हरेक मौसममा फोटोप्रेमी र प्रकृतिप्रेमीहरूको रोजाइमा पर्छ। आफ्नो क्यामरामा हिमाल, हरियाली र सूर्यको उज्यालोको सुन्दरता कैद गर्न आउने पर्यटकहरूले नगरकोटलाई सधैं सम्झनलायक बनाउँछन्। यहाँको प्राकृतिक सौन्दर्य र मौलिकता नगरकोट पुग्ने हरेक व्यक्तिको मनमा बस्नेछ।

मौसम खुलेको बेला
मनमोहक जंगल
हिमालका सुन्दर दृश्य
मौसम खुलेको बेला
सूर्यास्त
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update