कविता : मनको भाव
पुस माघको घाम जस्तै तिम्रा याद ताप्न पाउ।
होस रहँदासम्म अब तिम्रै किर्तन गाउन पाउ।
सागरमा डुबाउँदा पनि नभरिने मनको लोटा।
छाती भित्र थमाईदियौ किन मुटु यस्तो यौटा।
यो जगतको झोलमा डुबी मन खोज्छ चौटा।
यस्तो अति माया लाग्ने मुटु किन दियौ द्यौता।
माया प्रेम गर्ने जनलाई जीवनभरि जुटाइदेउ।
संसारबाट कि त माया शिसाजस्तै फुटाईदेउ।
शिरान हुन्छ एकतिर तकिया पुग्छ अर्कैतिर।
मनका इच्छा एकतिर जीवन हुन्छ अर्कैतिर।
कैयौँ कुरा बिर्से पनि बिर्सिँदैनन् एउटा कुरा।
जिन्दगीले गुमाएर जीवन दुखी भाको कुरा।
नियतिको बगैँचामा फक्रिएकै पहिलो फूल।
त्यै थियो कैयौँ जुनी मन नभर्ने सुन्दर फूल।
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१ ०७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय