Harsamaya
‘आगलागी बढ्न सक्छ सचेत रहनू’
प्रतिकात्मक तस्वीर : हर समय/Har Samaya
काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको छ ।
 
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भने, ‘क्रमशः बढ्दो तापक्रम र हिउँदे वर्षा कम हुने आँकलनसँगै देशभर वन डढेलो तथा आगलागीका घटनाको जोखिम थप बढ्ने सम्भावना छ ।’
 
उनले आजै मात्र काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाबाट सुरु भई बेथानचोक गाउँपालिकाको वन क्षेत्र र देशका अन्य स्थानमा लागिरहेको वन डढेलो र त्यस घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको बताए । 
 
उनले अहिले वन डढेलो क्रमशः निभाउने प्रयास भइरहेको जानकारी दिए । प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै आगलागी भइहालेमा निभाउनका लागि पूर्वतयारीमा रहन पनि सरोकारवालालाई अनुरोध गरेको छ । 
 
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update