Harsamaya
निशा अधिकारीको ‘प्ले इट वन’को टीमले ‘माया प्रीति’बनाउने 
‘माया प्रीति’को कार्यकारी निर्मातामा चर्चित अभिनेत्री निशा अधिकारी ।
काठमाडौं - वन टू थ्री स्टुडियोज् प्रा.लि.को ब्यानरमा बन्ने नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ घोषणा गरिएको छ। रोमान्टिक कमेडी श्रेणीमा आधारित यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन्। चलचित्रका कार्यकारी निर्मातामा चर्चित अभिनेत्री निशा अधिकारी र सन्तोष कुमार कार्की छन् भने चलचित्रको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन्।
 
‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो। यस चलचित्रको लागि शो का प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटेका हुन्।
 
निर्देशक अवि श्रेष्ठका अनुसार यो नयाँ युगको प्रेम कथा हो, जसले सहज वा असहज परिस्थितिमा पनि प्रेमको मूल्यलाई एकसमान राख्छ। ‘सहज परिस्थितिमा त जसले पनि प्रेम गर्न सक्छ, तर यो कथा त्यस्ता पात्रको हो, जसले असहज परिस्थितिमा पनि सहजताका साथ प्रेमलाई बचाउँछ,’ श्रेष्ठले चलचित्रको कथाबारे बताए।
 
यस चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका श्रेष्ठले हलिउडको प्रसिद्ध टेलिभिजन च्यानल एचबिओमा काम गरेका थिए। उनले अन्य विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा पनि काम गरेका छन्।
 
प्रणव जोशी चर्चित चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन्, जो यस पटक ‘माया प्रीति’का क्रिएटिभ निर्देशकका रूपमा रहनेछन्। उनी एक कुशल एआइ कलाकार पनि हुन्। 
 
‘माया प्रीति’ मार्फत चलचित्र निर्माण सुरु गरेको वन टू थ्री स्टुडियोजले आगामी दिनमा लगातार अन्य चलचित्र निर्माण गर्ने तयारी गरिरहेको छ।
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update