अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्त्वना जित

काठमाडौं - नेपालले सान्त्वना जित हासिल गरेको छ ।
आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपको प्ले अफमा घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गरेर सान्त्वना जित हासिल गरेको हो ।
यस जितसँगै नेपालले प्रतियोगिताको अन्त्यसमेत गरेको छ । जारी खेलमा मलेलिया भने जितविहीन रहँदै बाहिरिएको छ।
शुक्रबार जोहर क्रिकेट एकेडेमी ओभलमा मलेसियाले प्रस्तुत गरेको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेर सान्त्वना जित हासिल गरेको हो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल तयार पारेको थियो।
नेपालले यसअघि बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग पराजित भएर अंक विहीन हुँदै आज घरेलु टोली मलेसियासँग मैदानमा उत्रेको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१ १५:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय