Harsamaya
नेपाल सामु मलेसियाले प्रस्तुत गर्यो ४६ रनको लक्ष्य
जोहर क्रिकेट एकेडेमी ओभलमा टस गर्दै नेपाली र मलेसियाली खेलाडी।

काठमाडौं - मलेसियाले नेपाल सामु ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपको प्ले अफमा नेपालसामू घरेलु टोली मलेसियाले ४६ रनको लक्ष्य प्रस्तुत गरेको हो । 

जोहर क्रिकेट एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल तयार पारेको हो । 

नेपाल बिरूद्द उत्रिएको मलेसियाकी नुरीमनले १५ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । 

नेपालका लागि कप्तान पूजा महताले ३.५ ओभरमा मात्र ९ रन खर्चिदै सार्वधिक चार विकेट लिएकी थिइन् । 

यससँगै उनी सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन् । जारी विश्वकपमा पूजाको यो नवौं विकेट हो । 

समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो । यता मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update