Harsamaya
सुन चाँदी दुबैको मूल्य बढयो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सुन चाँदी दुबैको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सोही छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update