कुवामा डुबेर वृद्धाको मृत्यु

गोरखा - कुवामा डुबेर एक जनाको मृत्यु भएको छ ।
पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।
करिब पाँच फिट गहिरो कुवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बिहीबार भएको प्रहरीको भनाइ छ ।
घटनापछि मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको उनले बताए । परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी प्रहरी निरीक्षक शर्माले दिए ।
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१ ११:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय