
काठमाडौं - २०२० जनवरी १३ मा चीनको वुहानबाट फर्किएकी एक नेपाली विद्यार्थीमा ज्वरो र खोकीको समस्या देखिएपछि काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (STIDH) मा उपचार गराउन पुगेकी थिइन् । उनीलाई अस्पतालमा भर्ना गरिएको थियो । नेपालमा प्रचलित अन्य सामान्य संक्रामक रोगहरूलाई पहिचानबाट हटाउन प्रयास गरियो।
चिकित्सकले इन्फ्लुएन्जा ए र बी भाइरसका लागि रियल-टाइम रिभर्स ट्रान्सक्रिप्शन पोलिमेरेज चेन रियाक्सन (RT-PCR) परीक्षणहरू,
डेंगु भाइरसका लागि (एनएसवान) एन्टिजेन र्यापिड टेस्ट,स्क्रब टाइफस, मलेरिया र ब्रुसेल्लाका लागि परीक्षण गरिएको थियो । तर सबै परीक्षण नकारात्मक आएका थिए ।
नेपालमा त्यो समयमा कोभिड (SARS-CoV-2) परीक्षणका लागि कुनै पनि प्रयोगशाला सुविधा उपलब्ध थिएन। त्यसैले नमुनाहरू विश्व स्वास्थ्य संगठन (WHO)को हङकङस्थित प्रयोगशालामा पठाइयो। हङकङ प्रयोगशालामा गरिएको परीक्षणबाट ती व्यक्तिमा कोभिड भाइरसको संक्रमण पुष्टि भयो।
जनवरी २३, २०२० मा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MoHP) ले यसलाई नेपालमा कोभिड-१९ को पहिलो घटना भनेर औपचारिक रूपमा घोषणा गर्यो।
ती व्यक्तिका बारेमा:
ती व्यक्ति ३२ वर्षीय नेपाली नागरिक थिइन् । उनले जनवरी ९, २०२० मा वुहानबाट नेपाल यात्रा गरेकी थिइन् । चीनमा उनमा जनवरी ३, २०२० मा नै लक्षणहरू देखिएका थिए । उनलाई शुक्रराज अस्पतालमा एकान्त (क्वारेन्टिन)मा राखेर उपचार गरिएको थियो।
त्यतिबेला कोभिड संक्रमण हुनुलाई निकै डरलाग्दो मानिन्थ्यो । कोभिड संक्रमण भएको व्यक्ति मात्रै होइन उनका घर परिवारका सदस्यहरूलाई समेत छिछि र दुरदुर गरिन्थ्यो । त्यसैले सार्वजनिक रूपमा ती व्यक्तिको व्यक्तिगत विवरण वा फोटो गोप्य नै राखियो। सरकारी तथा अन्तर्राष्ट्रिय प्रोटोकलले संक्रमित व्यक्तिको पहिचान खुलाउन अनुमति दिँदैनथ्यो।