क्रिश्चियन धर्मावलम्बीले क्रिसमस डे मनाए
काठमाडौं - क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायका मानिसले क्रिसमस डे मनाएका छन् ।
दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले यस दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासंघले महोत्सवका रुपमा मनाउने थालेको हो ।
क्रिसमस डेका अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले काठमाडौंमा शुभकामना आदान प्रसाद कार्यक्रमको आयोजना गरेको थियो । क्रिसमसका अवसरमा नेपालमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो भने विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो ।
विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासंघको दाबी छ ।
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१ १७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय