Harsamaya
नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महिला कलाकारहरू ।

काठमाडौं - दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ । यही माघ १२ गतेदेखि काठमाडौंमा सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका दश जना महिला कलाकारले आफ्ना सृजना प्रदर्शन गर्नेछन् । 

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने जानकारी दिइयो ।

डा अर्शिया लोखन्डवालाको परिकल्पनामा आयोजना हुन लागेको प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीतिजस्ता विषय सम्बोधन गर्ने जनाइएको छ । 

तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौँको बौद्धस्थित तारागाउँ सांस्कृतिक केन्द्रमा हुने प्रदर्शनी सर्वसाधारणले तीन महिनासम्म अवलोकन गर्न सक्नेछन् ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update