दुई महिनादेखि सम्पर्कविहीन १५ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन प्रहरी प्रधानको निर्देशन

काठमाडौं - नेपाल प्रहरीको १५ जना कर्मचारी २ महिनादेखि सम्पर्कविहीन भएका छन् । एक हवल्दारसहित सम्पर्कविहीन १५ जनालाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै कार्यालयले उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको छ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने कार्यालयको चेतावनी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१ १८:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय