Harsamaya
पत्रकारमाथि धम्की: प्रेस स्वतन्त्रतामाथि खतराको घण्टी (प्रेस विज्ञप्तिसहित)
नेपाल पत्रकार महासंघ

काठमाडौं - नेपाल पत्रकार महासंघले पत्रकारमाथि हुने धम्की र आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । महासंघका राष्ट्रिय परिषद् सदस्य तथा हिमालखबर डटकमका संवाददाता गोपाल दाहाललाई समाचार प्रकाशनको विषयलाई लिएर धम्की दिइएपछि यो घटना सार्वजनिक भएको हो । 

हिमालखबरमा ए.एम.एस म्युजिक एन्ड इन्टरटेन्मेन्ट प्रालिसम्बन्धी समाचार प्रकाशित भएपछि उक्त कम्पनीका अध्यक्ष सत्यकला तामाङ लामाले माघ ९ गते बुधबार टेलिफोनमार्फत पत्रकार दाहाललाई गालीगलौज गर्दै भौतिक आक्रमणको धम्की दिएको आरोप लगाइएको छ । यसबारे हिमाल मिडिया प्रतिष्ठान शाखाले महासंघ केन्द्रीय समितिलाई औपचारिक जानकारी गराएको छ। 

समाचारप्रति चित्त नबुझे कानुनी प्रक्रिया अपनाउन सकिने र प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने विकल्प हुँदाहुँदै पत्रकारमाथि धम्की दिनु निन्दनीय र प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात भएको महासंघको भनाइ छ।

महासंघको कडा अपिल
महासंघले यस्ता घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, पत्रकारहरूलाई निर्भीक र सुरक्षित रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न तत्काल कदम चाल्न अनुरोध गरिएको छ।

महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "पत्रकारमाथिको धम्की प्रेस स्वतन्त्रतामाथि हमला मात्र नभई कानुनको उपहास पनि हो। दोषीलाई कानुनी कठघरामा ल्याएर यो घटनाको उदाहरणीय कारबाही गरिनुपर्छ।"

महासंघको विज्ञप्ति :-

FNJ-Letter-2081-10-10-1737611806.jpg

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update