Harsamaya
२६ लाख राशीको सभापति कप फुटवल प्रतियोगिता आजवाट
२६ लाख राशीको सभापति कप फुटवल प्रतियोगिता आजवाट सुरू। 

काठमाडौं - २६ लाख राशीको सभापति कप फुटवल प्रतियोगिता आजवाट सुरू हुदैँछ । 

नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारबाट काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने सभापति कप उदघाटन खेलमा आज ब्वाइज युनाइटेड र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेवाट सुरू हुनेछ । आजवाट सुरु भइ सो प्रतियोगिता माघ १७ गते सम्पन्न हुने आयोजकले जनाएको छ। 

प्रतियोगितामा  बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र संकटा क्लब सहभागी हुनेछन्। 

प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउने नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update