अछाम - मङ्गलसेन नगरपालिका–५ मा अवस्थित षोड्सा माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई तातो कम्बल वितरण गरिएको छ । विद्यालयमा अध्यनरत दृष्टिविहीन र अनाथ विद्यार्थीलाई स्कुल अफ डेमोक्रेसी अछामले तातो कम्बल र डस्ना वितरण गरेको हो ।
सोही विद्यालयको आवास गृहमा बस्दै आएका १५ जना अनाथ र पाँच जना दृष्टिविहीन बालबालिकालाई १० थान कम्बल र १० थान डस्ना वितरण गरिएको कुल अफ डेमोक्रेसीका अध्यक्ष पदमराज अधिकारीले बताए ।
विद्यालयलाई वितरण गरिएको कम्बल र डस्ना हस्तान्तरण गर्दै मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले जिल्लामा क्रियाशिल अन्य परोपकारी संस्थाले पनि यस्तै रचनात्मक काम गर्नुपर्ने बताए ।
विद्यालयमा प्राप्त भएको सहयोगले असहाय बालबालिकाको आवासका लागि धेरै राहत पुगेको विद्यालयका प्रधानाध्यापक वृकेशसिंह बोगटीले बताए । आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गर्दै उनले विद्यालयको तर्फबाट सहयोगी निकायप्रति धन्यवाद व्यक्त गरे ।
उक्त संस्थाले केही दिन अघि जिल्ला अस्पतालमा भर्ना भएका बिरामीका लागि ४० थान कम्बल वितरण गरेको थियो ।