Harsamaya
ब्राजिलमा सन् २०२४ मा डढेलो क्षेत्रमा ७९ प्रतिशतले वृद्धि
प्रतिकात्मक तस्वीर: हर समय/ Har Samaya

ब्राजिल - ब्राजिलमा गत वर्ष लागेको डढेलोले इटालीको सम्पूर्ण क्षेत्रभन्दा ठूलो क्षेत्र ओगटेको बुधबार सार्वजनिक भएको एक अनुगमन रिपोर्टमा उल्लेख गरिएको छ।

सन् २०२४ मा ब्राजिलमा करिब तीन करोड आठ लाख हेक्टर (एक लाख १९ हजार वर्ग माइल) वनस्पति जलाइएको थियो, जुन सन् २०२३ को तुलनामा ७९ प्रतिशतले बढी हो।

अमेजनमा लागेको डढेलो, बाँकी विश्वका लागि महत्वपूर्ण ‘कार्बन सिङ्क’का साथै जैविक विविधताको वैश्विक केन्द्र ५८ प्रतिशत क्षतिको लागि जिम्मेवार छ।

नोभेम्बरमा अमेजनको बेलेम शहरमा संयुक्त राष्ट्र संघको कोप ३० जलवायु सम्मेलनको आयोजना गरेको ब्राजिल र राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाको सरकारका लागि यो आँकडाले निरुत्साहित गर्ने समाचार हो।

सन् २०२४ को ब्राजिलको डढलोको तथ्याङ्कले सन् २०१९ यताकै जलेको क्षेत्रको सबैभन्दा ठूलो क्षेत्रलाई प्रतिनिधित्व गर्छ। सन् २०२३ मा २२ लाखको तुलनामा सन् २०२४ मा करिब ८५ लाख हेक्टर वनमा डढेलो लागेको थियो र अमेजनमा पहिलो पटक घाँसे मैदानभन्दा बढी डढेलो लागेको वन धेरै भएको तथ्याङ्कले देखाएको छ।

म्यापबायोमासका एने एलेनकरले भने, “यो एक भयानक सूचक हो, किनकि, एक पटक जङ्गलमा डढेलो लागेपछि जलवायु परिवर्तनले वनस्पतिलाई सुख्खा बनाउँछ भविष्यमा डढेलो लाग्ने सम्भावना बढी हुन्छ।

तर ब्राजिलमा डढेलोको मुख्य चालक खेतालाहरू र किसानहरू हुन् जसले चरन र कृषिको लागि भूमि खाली गर्छन्। यो एक अपराध हो जुन सरकारले नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ।

लुलाले आफ्ना पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा अमेजन क्षेत्रमा मानव विस्तारविरुद्ध फितलो सुरक्षा प्रदान गरेपछि अमेजनको संरक्षणलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन्।

तर गत सेप्टेम्बरमा जङ्गलमा लागेको डढेलोको सामना गर्न देश शतप्रतिशत तयार नभएको बताएका थिए। ब्राजिलको अमेजनमा सन् २०२४ मा १७ वर्षयताकै सबैभन्दा बढी डढेलो लागेको सरकारी तथ्याङ्कले देखाएको छ। नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्च (आईएनपीई) का अनुसार गत वर्ष‘स्याटेलाइट इमेजिङ’ बाट एक लाख ४० हजार ३२८ वटा डढेलो लागेको रेकर्ड गरिएको छ।

यो सन् २०२३ मा भएका ९८ हजार ६३४ डढेलोको तुलनामा ४२ प्रतिशतले बढी हो र सन् २००७ मा एक लाख ८६ हजार ४६३ वटा डढेलो देखिएयताकै सबैभन्दा बढी हो।

आईएनपीईले सन् २०२४ को अगष्टसम्मको १२ महिनाको अवधिमा यस क्षेत्रमा वन फँडानी ३० प्रतिशतभन्दा बढीले घटेको बताएको थियो।

लगातार वन फँडानीले अमेजनलाई यस्तो बिन्दुमा पुर् याउनेछ जहाँ यसले अवशोषित भन्दा बढी कार्बन उत्सर्जन गर्नेछ र जलवायु परिवर्तनलाई गति दिनेछ भनी वैज्ञानिकहरुले चेतावनी दिएका छन्।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update