Harsamaya
अष्ट्रेलियासँग ८३ रनले पराजयसँगै नेपाल समुहचरणबाट बाहिरयो
नेपालले आइसिसी महिला यु-१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध खेल्दै ।

काठमाडौं - नेपाल अष्ट्रेलियासँग पनि पराजित भएको छ ।

नेपालले जारी आइसिसी यु–१९ ट्वान्टी–२० विश्वकपमा लगातार तेस्रो पराजय बेहोरेको हो ।

बुधबार समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुदाँ समूह चरणबाटै बाहिरिन पुगेको छ । साथै, लागतार तेस्रो जितसँगै अस्ट्रेलिया भने समूह ‘डी’ को विजेताका रूपमा सुपर–६ मा प्रवेश गरेको छ । 

यसअघि नेपाल बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो । 

मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सकेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update