सुनको भाउ तोलामा १९ सयले बढ्यो
काठमाडौं - नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
यसअघि, मंगलबार छापावाल सुनको भाउ १ लाख ५८ हजार १०० रुपैयाँ रहेको थियो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर रुपमा बढेको छ ।
यता, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय ९५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ७५ रुपैयाँ कायम रहेको थियो ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ ११:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय