तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

बागलुङ - कालीगण्डकी नदीमा रु. १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ ।
पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ ।
पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका-६ जोडिएका छन् । जैमिनी नगरपालिका-५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताए । पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उनले सुनाए ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ ०८:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय