Harsamaya
‘मेरा कलमका डोबहरू’ विमोचन: गीताको सिर्जना र प्रवासी भावनाको कथा
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको दोस्रो कृति ‘मेरा कलमका डोबहरू’ आज लोकार्पण गरिएको छ।

काठमाडौँ - सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको दोस्रो कृति ‘मेरा कलमका डोबहरू’ आज लोकार्पण गरिएको छ। मिलाप पब्लिकेशनले आयोजना गरेको विशेष समारोहमा वरिष्ठ अभिनेत्रीद्वय भुवन चन्द र चैत्यदेवीको प्रमुख आतिथ्यतामा कृतिको विमोचन गरिएको हो।

कृतिमा प्रवासमा रहेका नेपालीहरूको दुःख, पीडा, सङ्घर्ष, र सफलताका कथाहरू समेटिएका छन्। अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर कृति पाठकमाझ ल्याएकी हुन्।

विशिष्ट कलाकार उत्तम केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिहरू कलाकार लय संग्रौला, अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, संगीतकार राजु सिंह, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, पूर्वअध्यक्ष चूडामणि देवकोटा, गीतकार एवं रंग पत्रकार शान्तिप्रिय, गीतकार अमर वान्तु, र नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल लगायतले सहभागिता जनाए।

वक्ताहरूले गीताको पत्रकारिता र सामाजिक योगदानको प्रशंसा गर्दै कृतिका लागि बधाई तथा शुभकामना व्यक्त गरे।

दुई दशकको यात्रा र गीतसंगीतको योगदान
करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीले ‘मैले पढेका ५१ पुस्तक’, ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, र ‘छम्मछम्म’जस्ता गीतहरू रचेर श्रोतामाझ प्रस्तुत गरिसकेकी छिन्।

प्रवासी नेपालीको भावना समेटिएको कृति
लेखिका अधिकारीले विदेशमा रहँदा प्रवासी नेपालीसँगको भेटघाट र उनीहरूका अनुभूतिहरूलाई कृतिमा समेटेको उल्लेख गर्दै कृतिको अध्ययन गरी सुझाव दिने अपेक्षा व्यक्त गरिन।

कार्यक्रमले साहित्य र पत्रकारिताको क्षेत्रलाई अझ प्रोत्साहित गरेको अनुभूति सहभागीहरूले व्यक्त गरे।

Mero-Kalam-ka-dobharu-1-1737482463.png

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update