Harsamaya
यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ
सांक्तिक तस्वीर: हर समय/Har Samaya

काठमाडौँ - प्रहरीले यौन दुर्व्यवहारको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक चालकलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ निवासी २५ वर्षीय प्रबिन बराल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। “इनड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा उनलाई आज काठमाडौँबाट पक्राउ गरिएको हो,” उनले बताए।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जनाए।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update