Harsamaya
टर्कीएको होटलमा आगलागी: ६१ जनाको मृत्यु, ५१ घाइते
टर्कीएको उत्तरपश्चिमी बोलु प्रान्तको आगलागी भएको होटल ।

इस्तानबुल - टर्कीएको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको आगलागीबाट कम्तीमा ६१ जनाको मृत्यु हुनुका साथै ५१ जना घाइते भएको आन्तरिक मन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

गभर्नर अब्दुलअजीज आयडिनले स्थानीय समय अनुसार बिहान ३:३० बजे एउटा होटेलमा आगलागी भएको र दुई जनाको भवनबाट हाम फालेर मृत्यु भएको बताए । 

एनटिभी प्रसारकका अनुसार आगलागीको कारण खुल्न सकेको छैन ।

आगलागीको सूचना पाएपछि नगर केन्द्रले दमकल, खोज तथा उद्धार टोली र मेडिकल टोली पठाइएको थियो ।

विद्यालयहरूमा सेमेस्टर बिदा भएकाले यस क्षेत्रका होटलहरूमा विशेष भीड थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update