Harsamaya
भारतीय सुरक्षा बलले १४ जना माओवादी विद्रोहीलाई गोली हानेर मारे
बिजापुर जिल्ला, छत्तीसगढमा नक्सलवादीहरूसँगको मुठभेडपछि सुरक्षा कर्मीहरू। जनवरी १, २०२५ यता सुरक्षाकर्मीहरूले कम्तीमा ४० जना माओवादीलाई मारिसकेका छन्। फाइल फोटो श्रेय: पीटीआई

भारत - भारतीय सुरक्षा बलले मंगलबार एकजना शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीलाई गोली हानेर मारेका छन् । गृहमन्त्रीले यसलाई हालैका लडाईंहरू मध्ये सबैभन्दा ठूलो भनेका छन् । 

गृह मन्त्रालयले मारिएका कमान्डर जयराम वा चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ ।

नयाँदिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ । भारतको छत्तीसगढ राज्यको जङ्गलमा रहेका छापामारहरूको गढमा जनवरी १६ मा १२ जना माओवादी मारिएपछि मङ्गलबारको झडप भएको हो ।

भारतको स्रोत सम्पन्न मध्य क्षेत्रमा सीमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरूले गरेको दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी तथ्यांकअनुसार सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका थिए ।

नक्सलाइट भनेर पनि चिनिने विद्रोहीहरू चिनियाँ क्रान्तिकारी नेता माओ त्से तुङबाट प्रेरित थिए । नक्सलाइट सन् १९६७ मा उनीहरूको सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट राखिएको हो ।
केन्द्रीय गृह मन्त्री, सहकारी मन्त्री र गान्धीनगर लोकसभा सांसद अमित शाहले उक्त घटनाबारे  गरेका ट्वीट :-

Amit-Shah-Tweet-1737460833.JPG

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update