Harsamaya
प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालय । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - प्रि ओपन सेसनमा नेप्से सूचक ०.२६ अंकले बढेको छ । यससँगै सूचक २६०८.२६ विन्दुमा आएको छ ।

६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५० कम्पनीको ७ हजार ९ सय १३ कित्ता सेयर कारोबार भएको छ ।

२२ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १९ वटा कारोबार भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update