चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिए
काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिएका छन् । १४ दिन लगाएर गरिएको घडियाल गणनामा राप्ती र नारायणी नदीमा ३५२ वटा गोही भेटिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
गणनामा राप्ती नदीमा २०६ र नारायणी नदीमा १४६ वटा गोही भेटिएका हुन् ।
निकुञ्ज कार्यालयले पुसको १२ देखि २५ गतेसम्म लगाएर दुई वटा नदीमा गणना गरेको थियो । गत वर्ष गरिएको गणनामा राप्तीमा १५२ र नारायणीमा ११३ वटा गोहो भेटिएका थिए।
घडियाल विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यान्मारलगायत देशमा पाइने भए पनि अहिले नेपाल र भारतमा मात्रै पाइने निकुञ्जका सूचना अधिकारी थापामगरले जानकारी दिए ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ ०८:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय