मन्त्रीको गाडी दुर्घटना, स्वाथ्यमन्त्री सत्रुधन सिंह घाइते
काठमाडौं - धनुषाको जनकपुरधाम स्थित रामानन्द चौकमा मन्त्रीको गाडी दुर्घटना भएको छ ।
मधेश प्रदेश ०२ - ००१ झ ०१६५ नम्बरको मन्त्री चढ्ने गाडी र मधेश प्रदेश ०३ - ००१झ ००९६ नम्बरको गाडी सोमबार बेलुकी एकआपसमा ठोक्किएका हुन् ।
मन्त्री सिंह सवार गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
गाडीको ठक्करबाट मधेश प्रदेशका स्वाथ्यमन्त्री सत्रुधन प्रसाद सिंह घाइते भएका छन् । दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालकसमेत घाइते भएका छन् ।
उनीहरूको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ ०८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय