Harsamaya
प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम ‘सुपर फोर’मा
प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम ‘सुपर फोर’मा प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’मा प्रवेश गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि १० विकेटको जीत निकालेको हो । 
पुलिस क्लब भयो जय ट्रफीको च्याम्पियन
पुलिस क्लब भयो जय ट्रफीको च्याम्पियन आर्मीका लागि इम्रान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाएका थिए भने पुलिसका सागर ढकालले ६ र ललितनाराण राजवंशीले चार विकेट लिएका छन् ।
दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित
दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित मंगलबार मलेसियाको रोयल रोयल सेलान्गोर क्लबमा नेपालले प्रस्तुत गरेको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।अमेरिकाका लागि इसानी वाघेलाले २४ र पूजा शाहले १० रन बनाउन सफल भएका थिए ।
अभ्यास खेलमा नेपाल नौ रनले पराजित
अभ्यास खेलमा नेपाल नौ रनले पराजित नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिएका थिइन् ।
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आजदेखि २९ पुससम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी–२० छनोट प्रतियोगिता हुन लागेको हो ।
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा ‘जय ट्रफी पुरुष एलिट कप–२०८१’ का लागि नेपाल पुलिस क्लबको टोली घोषणा गरिएको छ । नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौल्यान, सागर ढकाल, शंकर राना, अविनाश...
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टले बताए ।  प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपश्चात हुने खेलमा समूह...
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड' नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन्। बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले आजदेखि मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका हुन्। जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो।
Weather Update