धितोपत्र बजार : जोखिममा लगानी, कानुनी नियमले दिलाउँछ फाइदा
शुक्रबार, माघ ४, २०८१
धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो। यहाँ हरेकले कमाउन र रमाउन सक्छन् तर अरूको देखासिकीमा नबुझी र नजानी प्रवेश गरेका प्रत्येक लगानीकर्ताले गुमाउने निश्चित छ। धितोपत्र बजार यस्तो ठाउँ हो, जहाँ १० प्रतिशतले कमाउने र ९० प्रतिशतले गुमाउने गर्छन्। यसैले कैयौँले यसलाई अपव्याख्या गरेर जुवाको सङ्ज्ञा दिएका छन् तर यो क्षेत्र त्यसो नभई जोखिमले भरिएको भरपुर खजाना हो। जानेर झिक्न सक्ने हो भने बहुमूल्य सम्पत्ति प्राप्त हुनेछ तर लहडमा दौडिन थाल्यौँ भने भएकै धन पनि गुम्ने पक्का छ। यस्तो बजारलाई व्यवस्थित र मर्यादित ढङ्गबाट सञ्चालन गर्न र बजारमा हुने अराजक गतिविधिलाई नियमन र नियन्त्रण गर्न राज्य वा नियामक निकायहरूले नीतिनियम बनाउने गर्दछन्।

सूचनाको हक खोज पत्रकारिताको औजार
शुक्रबार, माघ ४, २०८१
सूचनाको हक भनेको सार्वजनिक निकायमा रहेको व्यक्तिगत वा सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार हो । सूचनाको हकलाई मानिसको नैसर्गिक हकका रूपमा लिएको छ । जनताले समाज व्यवस्था, राज्य र विश्व व्यवस्थाको विषयमा थाहा पाएपछि मात्रै मानिसले आफ्नो भूमिका सशक्त रूपमा निर्वाह गर्न सक्दछ भनेर नै यो हकलाई नैसर्गिक...

अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
आइतबार, पुस २८, २०८१
जंगबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरूको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली युवतीहरूको नाकको अलिकति चर्चा गरिएको छ । उनीहरूको नाकलाई ‘तेलको धारा’जस्ता भनिएको छ । व्यक्तिले व्यक्तिमाथि दृष्टि दिँदा उसका आँखाहरूको मूल आकर्षणको केन्द्र अनुहार नै हुन्छ ।

काभ्रेपलाञ्चोकमा रेबिज आतङ्क: सावधानी र सचेतनाको अपिल
मंगलबार, पुस २३, २०८१
रेबिज रोगका कारण एक महिनाअघि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलको एक ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भयो । मृत्यु हुनु करिब एक महिनाअघि रेबिज सङ्क्रमित कुकुरले टोकेपछि उपचारार्थ स्थानीय अस्पतालमा लगिएपछि रेबिज सङ्क्रमणको शङ्कामा काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा ‘रेफर’ गरी पठाइएको थियो । सोही अस्पतालमा उपचारका क्रममा ती मृत्यु...

महिनावारी विभेद अन्त्यका भएनन् प्रयास
सोमबार, पुस २२, २०८१
डडेल्धुरा सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी भट्टलाई सदरमुकाम डडेल्धुरामा कोठा पाउन निकै कठिनाइ भएको छ । उनले केही दिन साथी र आफन्तको घरमा बसेर क्याम्पस आउजाउ गरे । कोठा खोज्दा अचेलका केटीहरूले महिनावारी भएको बेला बार्दैनन् भन्दै कोठा भाडामा दिन कोही तयार...

'घट्दो आम्दानी र संकटमा टेलिकम क्षेत्र: नीतिगत सुधारको खाँचो'
शुक्रबार, पुस १९, २०८१
पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि सङ्कुचन आयो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कुनै समय छ वटा सेवाप्रदायक रहेकामा अहिले दुई वटा सेवा प्रदायक मात्र अस्तित्वमा छन् । सञ्चालनमा रहेका सेवा प्रदायकको आम्दानी पनि...

"बिपीको मेलमिलाप नीति: राष्ट्रिय एकताको चिरस्थायी सूत्र"
मंगलबार, पुस १६, २०८१
आज देशैभरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । मूलतः नेपाली कांग्रेसले संस्थागत रुपमा मनाउँदै आएको यो दिवस सम्पूर्ण नेपाल र नेपालीका लागि महत्वपूर्ण छ । बिपी ३० डिसेम्बर १९७६ अर्थात् २०३३ पुस १६ का दिन भारत निर्वासनबाट स्वदेश फर्किनुभएको थियो । भारतमा निर्वासनमा रहनुभएका बिपी आठ वर्षपछि नेपाली कांग्रेसका...
साताको लोकप्रिय