सहकारी संस्थाको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना
सोमबार, माघ १४, २०८१
बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ ।
ललितपुरको पुल्चोकमा स्थापना गरिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरेका हुन् ।

अमेरिकी डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको मूल्य बढ्यो कुनको घट्यो ?
सोमबार, माघ १४, २०८१
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल्य बढेको छ ।

नएलजी इन्स्योरेन्सले माघ २० गतेबाट सेयर लिलामी गर्ने (सूचनासहित)
आइतबार, माघ १३, २०८१
एनएलजी इन्स्योरेन्सले ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामीमा गर्ने भएको छ । जसमा कम्पनीले माघ २० गतेदेखि संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलाममा बिक्री गर्न लागेको हो । आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ...

आजको विदेशी मुद्राको विनियमदर : अमेरिकी डलरको भाउ घट्यो
शनिबार, माघ १२, २०८१
राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ २४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक...

अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो
शुक्रबार, माघ ११, २०८१
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग
बिहीबार, माघ १०, २०८१
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका लागि शाखा र उपशाखा प्रमुख पदको लागि कर्मचारीको माग गरेको छ । सो पदमा आवेदन दिनका लागि अबको एक हप्ता भित्र आवेदन दिनु पर्ने हुन्छ ।

उन्नति सहकार्य लघुवित्तको माघ २६ गते वार्षिक साधारण सभा, के के छन् एजेण्डा ?
बिहीबार, माघ १०, २०८१
उन्नति सहकार्य लघुवित्तको माघ २६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

यस्तो छ विदेशी मुद्राको विनिमयदर
बिहीबार, माघ १०, २०८१
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ ।
युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा बढेको छ । जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन...

नेपाल फाइनान्सले नाफा २ करोड कमाएयाे
बुधबार, माघ ९, २०८१
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल फाइनान्सले नाफा कमाएको छ । कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको भन्दा २४२५.१२ प्रतिशतले धेरै हो ।

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
बुधबार, माघ ९, २०८१
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

अमेरिकी डलरको मूल्य आज पनि बढ्यो
बुधबार, माघ ९, २०८१
युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ ।

नेपाल राष्ट्र बैंक: लघुवित्त संस्थालाई कर्जा सदुपयोगिताको नियमित अनुगमन गर्न निर्देशन
मंगलबार, माघ ८, २०८१
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जा सदुपयोगिताको नियमित अनुगमन गर्न निर्देशन दिएको छ ।
लघुवित्त वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनका लागि प्रयोग गरे नगरेको एवं समूह सदस्य स्वयंमले ऋणबापत रकम प्राप्त गरे नगरेको सम्बन्धमा नियमित रुपमा अनुगमन गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो...

मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो
मंगलबार, माघ ८, २०८१
मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा कमाएको छ ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
साताको लोकप्रिय