घुम्ती पुस्तकालयबारे जनचासो
आइतबार, माघ ६, २०८१
महोत्तरीमा पछिल्लो समय घुम्ती पुस्तकालय (बुकबस) बारे जनचासो बढ्दै गएको छ । भङ्गाहा नगरपालिका–४ राष्ट्रिय आधारभूत विद्यालय, दलित र जनजाति बसोबासका टोलकेन्द्रित घुम्ती पुस्तकालयका कारण पठन रुची बढाएको अभिभावकले बताएका छन् ।
म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ
आइतबार, माघ ६, २०८१
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ ।
पुरानो मुद्दा फर्छ्यौटमा सर्वोच्चको तीव्रता, संवैधानिक इजलास छाँयामा
आइतबार, माघ ६, २०८१
हरेक प्रधानन्यायाधीशको संसदीय सुनुवाइको क्रममा सुनिने शब्द हो सर्वोच्च अदालतको मुद्दाको ‘ब्याकलग’ घटाउने । सर्वोच्च अदालतमा विचाराधिन वर्षौँ पुराना मुद्दाहरूलाई टुङ्ग्याउने । प्रधानन्यायाधीश प्रकाश मान सिंह राउतले पनि संसदीय सुनुवाइका क्रममा यही विषयलाई प्राथमिकतामा राखेका थिए ।
जग्गा उपलब्ध नहुँदा शीतभण्डार निर्माण हुन सकेन
आइतबार, माघ ६, २०८१
काभ्रेपलाञ्चोकको बनेपामा जग्गा अभावका कारण शीतभण्डार निर्माण कार्य अघि बढ्न सकेको छैन ।
तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया ६ वर्षदेखि थन्किएको छ ।
यौन स्वास्थ्यको विषयमा चलचित्र ‘दुःखी आत्मा’ निर्माण
आइतबार, माघ ६, २०८१
निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गरेका छन् ।
आगामी फागुन २ गते देखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको प्रचारप्रसारका क्रममा निर्देशक लामाले यौन स्वास्थ्यका विषय चलचित्रमा आउनुपर्ने महसुुस गरेर चलचित्र तयार गरेको जानकारी दिए ।
बर्बाेटे घटना: जहाँ २६ जनाकाे दाेहाेराे भिडन्तमा मृत्यु भएको थियाे
आइतबार, माघ ६, २०८१
२०५६ माघ ६ गते, नेपालमा जनयुद्धको समयमा इलाम जिल्लाको बर्बोटे नजिक सरकार समर्थित सुरक्षा बल र माओवादी विद्रोहीबीच ठूलो भिडन्त भएको थियो।
दुश्मन हेरेको हेरै…
आइतबार, माघ ६, २०८१
अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मंगलबार एकार्काका गीत फेसबुकमा साझा गरे।
पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै…’ गीतलाई फेसुबकमा राखे र ठट्यौली शैलीमा लेखे, ‘दाइ बाटो नछोड्ने ?’, त्यतिञ्जेल थापाको उक्त गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा थियो।
बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै
आइतबार, माघ ६, २०८१
पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका उद्योगले पछिल्लो समय आफ्नो बेग्लै पहिचान बनाउँदै गएको छ ।
ढाका कपडाको महत्व बुझाउँदै स्थानीय सरकारले बजारीकरणमा सघाउन थालेपछि यहाँ उत्पादित ढाकको टोपी, सल, झोला तथा अन्य कपडाले बजार पाउन थालेको छ ।
वाग्मती सफाइमा जुट्न थाले महानगरका जनप्रतिनिधि
आइतबार, माघ ६, २०८१
काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको वाग्मती सफाइमा जुट्न थालेका छन् । महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि वाग्मती सफाइमा केन्द्रित भएका थिए ।
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
आइतबार, माघ ६, २०८१
सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो ।
सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना, अन्य प्रदेशमा सफा मौसम
आइतबार, माघ ६, २०८१
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रहरूमा आंशिक बदली हुने र केही हिमाली स्थानहरूमा हिमपातको सम्भावना रहेको छ।
पोखरामा आजदेखि दाइँ महोत्सव
आइतबार, माघ ६, २०८१
पोखरामा आज देखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।
कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो
आइतबार, माघ ६, २०८१
नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक १९ स्वर्ण, सात रजत र १३ कास्यसहित पहिलो भएको छ ।
साताको लोकप्रिय