Harsamaya
हर समय
हर समय
समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग
समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्चापदार्थको अभावमा यो व्यवसाय समस्यामा पर्न थालेको छ । 
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ ।
छिल्लीकोट: इतिहास, प्रकृति र साहसिक पर्यटनको नयाँ गन्तव्य
छिल्लीकोट: इतिहास, प्रकृति र साहसिक पर्यटनको नयाँ गन्तव्य पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५/१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर बढ्दै गएको स्थानीय प्रवीर पुनले बताए।
भक्तपुरमा बेलायती अधिराजकुमार: काष्ठकलामा हात चलाउँदै नेपाली सीपको प्रशंसा
भक्तपुरमा बेलायती अधिराजकुमार: काष्ठकलामा हात चलाउँदै नेपाली सीपको प्रशंसा भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए ।
यस्तो छ तपाईंको आजको राशिफल
यस्तो छ तपाईंको आजको राशिफल आज २०८१ माघ २४ गते बिहिवार। आजको पञ्चाङ्ग अनुसार, माघ शुक्ल नवमी तिथि, ब्रह्मा मुहूर्त, बालव करण र कृत्तिका नक्षत्र रहेको छ।
अमेरिकी डलर एकको बिक्रीदर १४० नाघ्यो
अमेरिकी डलर एकको बिक्रीदर १४० नाघ्यो नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ ।
"लाज शरणम्" को बहुप्रतीक्षित गीत 'हेर्दा हेर्दैमा' भोलि सार्वजनिक हुँदै
"लाज शरणम्" को बहुप्रतीक्षित गीत 'हेर्दा हेर्दैमा' भोलि सार्वजनिक हुँदै नवीन श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा छन् भने अर्जुन घिमिरे 'पाँडे' कार्यकारी निर्माता रहेका छन्।'हेर्दा हेर्दैमा'को गीतमा  संगीत कृष्ण भारद्वाजले दिएका छन् भने स्वर आशिष अविरल र शान्तिश्री परियारले दिएका छन् । 
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली सुस्ता बचाउ अभियानले बुधबार बुझाएको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्री खड्काले सुस्तावासीसँग गरिएको प्रतिबद्धता पूरा गर्न मन्त्रालय लागिपरेको बताए । ‘सुस्तावासीलाई एक वर्षका लागि निःशुल्क विद्युत् उपलब्ध गराउनेबारे विद्युत् प्राधिकरणको बोर्डमा छलफल भइसकेको छ, अब चाँडो कार्यान्वयनको चरणमा जान्छ,’ ऊर्जामन्त्री खड्काले भने।
शेखर कोइराला र म १५औं महाधिवेशनसम्म एउटै समूहमा रहन्छौं - महामन्त्री थापा
शेखर कोइराला र म १५औं महाधिवेशनसम्म एउटै समूहमा रहन्छौं - महामन्त्री थापा 'पार्टीभित्र हामीकहाँ समूह बन्ने कुरा स्वभाविक भए। महामन्त्रीको रुपमा मैले सबैको हुने कोशिस गर्नुपर्छ। जब समूहको कुरा आउँछ १५औं महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौँ,' उनले भने, 'म चाहिँ त्यहीँ छु। म जहाँछु शेखर कोइराला डाक्टरसाप पनि हुनुहुन्छ भन्ठान्छु रहने कि नरहने भन्ने कुरा आ-आफ्नो व्यक्तिगत छनोटको कुराहरू...
खड्का गाउँमा दुई वटा चितुवा मृत भेटिए
खड्का गाउँमा दुई वटा चितुवा मृत भेटिए पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत फेला परेका छन् । बारीमा भेटिएका चितुवा अन्दाजी दुई वर्षको पोथी र बच्चा भएको डिभिजन वन कार्यालयका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए । 
वेस्ट बैंकमा पाँच हजार प्यालेस्टिनी विस्थापित
वेस्ट बैंकमा पाँच हजार प्यालेस्टिनी विस्थापित प्यालेस्टाइनी प्रधानमन्त्री मोहम्मद मुस्तफाको नेतृत्वमा मध्य वेस्ट बैंकको रमल्लाहमा भएको बैठकमा विभिन्न मन्त्रालय र सरकारी निकायका प्रतिनिधिहरू सहभागी थिए ।
नाइजेरियामा १७ बालबालिकाको जलेर मृत्यु
नाइजेरियामा १७ बालबालिकाको जलेर मृत्यु मङ्गलबार राति भएको आगलागी विद्यालय परिसरमा राखिएको लट्ठीको थुप्रोबाट अज्ञात व्यक्तिले आगो लगाएर आगलागी भएको बताइएको छ । सो घटनाको छानबिन भइरहेको छ ।  
Weather Update