Harsamaya
हर समय
हर समय
काभ्रेपलाञ्चोकमा रेबिज आतङ्क: सावधानी र सचेतनाको अपिल
काभ्रेपलाञ्चोकमा रेबिज आतङ्क: सावधानी र सचेतनाको अपिल रेबिज रोगका कारण एक महिनाअघि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलको एक ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भयो । मृत्यु हुनु करिब एक महिनाअघि रेबिज सङ्क्रमित कुकुरले टोकेपछि उपचारार्थ स्थानीय अस्पतालमा लगिएपछि रेबिज सङ्क्रमणको शङ्कामा काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा ‘रेफर’ गरी पठाइएको थियो । सोही अस्पतालमा उपचारका क्रममा ती मृत्यु...
७ म्याग्निच्युडको भूकम्पले काठमाडौँ हल्लायो, सर्वसाधारण त्रसित
७ म्याग्निच्युडको भूकम्पले काठमाडौँ हल्लायो, सर्वसाधारण त्रसित मंगलबार बिहान करिब ६:५० बजे ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले काठमाडौँ र आसपासका क्षेत्र हल्लाएको छ। भूकम्पको धक्का लामो समयसम्म महसुस हुँदा सर्वसाधारण त्रसित बनेर घरबाहिर निस्केका थिए। धक्का यति बलियो थियो कि काठमाडौँ उपत्यकाका धेरैजसो ठाउँमा मानिसहरू भागाभाग गर्न थाले।
देशभर मौसम बदली: उच्च पहाडी क्षेत्रमा हिमपात र हल्का वर्षाको सम्भावना
देशभर मौसम बदली: उच्च पहाडी क्षेत्रमा हिमपात र हल्का वर्षाको सम्भावना हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका केही स्थानहरूमा बिहानैदेखि हुस्सु लागेको छ।
आजको राशिफल: २०८१ माघ २३ गते
आजको राशिफल: २०८१ माघ २३ गते
व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत
व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत सर्वोच्च अदालतले व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा आदेश गरेको छ। न्यायाधीश डा नहकुल सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८१ भदौ २५ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आज सर्वोच्चले व्यक्तिलाई गोपनीयता, वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हक भएकाले त्यस्ता सूचनामा पहुँच नदिन भनेको हो।
सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड
सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड पारदर्शीता र जवाफदेहिताका लागि सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको सहकार्यमा आज पोखरामा आयोजित प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग “सूचनाको अधिकार : कार्यान्वयनको चुनौति” विषयक अन्तरक्रियाका सहभागीले सूचना दिने र लिनेबीचमा आपसी विश्वास कायम हुनुपर्ने...
दश प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
दश प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालले मात्रै नभई निजी अस्पतालले पनि विपन्न नागरिकलाई सुलभ सेवा दिनुपर्ने बताएका छन्। ह्याम्स अस्पतालले व्यवस्थापन सम्हालेको भक्तपुरस्थित नागरिक अस्पतालको अत्याधुनिक उपकरणयुक्त लेभल–३ आइसियु कक्षको आज उद्घाटन गर्दै उनले निजी अस्पतालले गरिब र भुइँ तहका मान्छेलाई सरकारी नीति अनुसार १० प्रतिशत निःशुल्क सेवा दिनुपर्ने...
शिक्षा मन्त्री भट्टराईको प्रतिबद्धता पछि आन्दोलन स्थगित
शिक्षा मन्त्री भट्टराईको प्रतिबद्धता पछि आन्दोलन स्थगित शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिन काठमाडौंको माइतीघरमा उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् । सोमबार माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले आन्दोलन स्थगित गरेका हुन् ।
सरकारले सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण
सरकारले सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग सोमबार स्पष्टीकरण सोधेको हो । मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्यांकन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै उनले बुझाएका थिएनन् ।
वन्यजन्तुको आक्रमणबाट ८३ को मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
वन्यजन्तुको आक्रमणबाट ८३ को मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन् । यस्तै, जनावरको आक्रमणबाट पाँच सय ९९ जना घाइते भएका प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले तीमध्ये सबैभन्दा बढी सर्पले डसेर मृत्यु तथा घाइते भएका बताए। उनका अनुसार सर्पले डसेर मात्रै ७०...
सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)
सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित) सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो ।  यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा बढाइएको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको...
भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भारतको दक्षिणी राज्य केरलामा सोमबार एउटा बस गहिरो खाल्डोमा खस्दा दुई महिलासहित चार जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् । राज्यको इडुक्की जिल्लामा बिहान सबेरै भएको उक्त घटना बसको ब्रेक फेल भएर भएको आशङ्का गरिएको छ । बस केरला राज्य सडक यातायात निगमको थियो ।
Weather Update