Harsamaya
खाँदबारी–किमाथाङ्का सडक निर्माणमा तीव्रता दिन मन्त्री खड्काको पहल
खाँदबारी–किमाथाङ्का सडक निर्माणमा तीव्रता दिन मन्त्री खड्काको पहल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संखुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । ऊर्जामन्त्री खड्काले शुक्रबार रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भइरहेकाे भन्दै रक्षामन्त्री राईको ध्यानाकर्षण गराए । उक्त सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका-३ स्थित देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरी जिपलाइन निर्माण गरिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका...
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको छ ।
युवालाई स्वरोजगार बनाउँदै ब्याज अनुदान: पाल्पाका ९७ युवा लाभान्वित
युवालाई स्वरोजगार बनाउँदै ब्याज अनुदान: पाल्पाका ९७ युवा लाभान्वित युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ । 
उपुरका सुन्तलाले बजार तताए, कृषकको आम्दानी उचाइमा
उपुरका सुन्तलाले बजार तताए, कृषकको आम्दानी उचाइमा सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् ।
तरकारी बिक्रीबाट दैनिक दुई हजार रुपैयाँ आम्दानी
तरकारी बिक्रीबाट दैनिक दुई हजार रुपैयाँ आम्दानी कैलालीको धनगढी उपमहानगरपालिका– ६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारी खेतीबाट दैनिक दुई हजारसम्म आम्दानी गर्दै आएका छन् । बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनले अहिले करिब नौ कट्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेका छन् । उनले सबै खर्च कटाएर तरकारी खेतीबाट वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको...
Weather Update