Harsamaya
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’ दाङको तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए। मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र  विभिन्न मूर्ति बनाउन सुरु गरे । न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरू गरेका हुन् । अहिले उनी विभिन्न मन्दिरमा मूर्ति बनाउँदै...
चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि
चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ...
तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम
तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास नगरपालिका–१४ को समन्वयमा चार दिनको तालिम सञ्चालन गरिएको हो । 
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास– ४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ । यो उद्योगले लप्सीबाट माडा, अचार,...
विशाल ग्रुपले नयाँ इभी ब्रान्ड ‘सिनोगोल्ड’भित्र्याउँदै, मूल्य ३९ लाख
विशाल ग्रुपले नयाँ इभी ब्रान्ड ‘सिनोगोल्ड’भित्र्याउँदै, मूल्य ३९ लाख नेपाली बजारमा नयाँ ब्रान्डको ईभी सेडान भित्रिने भएको छ । नेपाली बजारमा अन्य ब्रान्डका समेत सवारी साधन बिक्री–वितरण गरिरहेको भीजी मोटर्सले सिनोगोल्ड ब्रान्डको जुनजिङ–जेएक्स मोडलको ईभी सेडान भित्र्याउने भएको हो । भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको मूल्य सूची अनुसार सो ईभीको मूल्य ३९ लाख रुपैयाँ हुनेछ ।
बाख्रापालेर वार्षिक पाँच लाख बढी आम्दानी
बाख्रापालेर वार्षिक पाँच लाख बढी आम्दानी घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक पाँच लाख ५० हजार आम्दानी गर्दै आएका छन् । उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका हुन् ।  घरमा आमाले घरखर्चका लागि पालेका पाँच वटा बाख्रालाई बढाउँदै अहिले ७० पुर्‍याएको खनालले बताए । उनका अनुसार अहिले खोरमा ५०...
सन् २०२४ मा चिनियाँ विद्युतीय कार कम्पनी बिवाइडीको बिक्रीमा वृद्धि
सन् २०२४ मा चिनियाँ विद्युतीय कार कम्पनी बिवाइडीको बिक्रीमा वृद्धि चीनको अग्रणी विद्युतीय कार निर्माता कम्पनी बिवाइडीले सन् २०२४ मा सवारी साधनको बिक्रीमा वृद्धि गरेको छ । विद्युत तथा ब्याट्रीबाट चल्ने कार निर्माता कम्पनी बिवाइडी विदेशमा व्यवसाय विस्तार गर्ने चिनियाँ अटोमोटिभ फर्ममध्ये सबैभन्दा प्रमुख हो । बेइजिङ र पश्चिमबीचको व्यापार विवादबाट बढ्दो खतरामा रहेको चीनले आफ्ना उत्पादनलाई वैकल्पिक बजारमा पुर्याउने...
जङ्गलका स्याउलाबाट रोजगारी र जैविक मल उत्पादन
जङ्गलका स्याउलाबाट रोजगारी र जैविक मल उत्पादन नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ । वनमा खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । ‘विनयी जैविक मल उत्पादन उद्योग’ सञ्चालन गरी स्याउला, घाँसपातको प्रयोगबाट जैविक मल उत्पादन सुरु गरिएको उनको भनाइ छ । ‘विनयी...
युवालाई स्वरोजगार बनाउँदै ब्याज अनुदान: पाल्पाका ९७ युवा लाभान्वित
युवालाई स्वरोजगार बनाउँदै ब्याज अनुदान: पाल्पाका ९७ युवा लाभान्वित युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ । 
Weather Update