चिया बेचेरै मासिक ५० हजार आम्दानी
शुक्रबार, माघ ११, २०८१
मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराएका छन्।

प्रविधिले जोगाएको नेपाली अण्डाको बजार
बिहीबार, माघ १०, २०८१
कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ नेपाल आत्मनिर्भर बन्दै गएको छ । कोभिड सङ्क्रमणका कारण समग्र विश्वबजार शिथिल भई अर्थतन्त्रमा परेको नकारात्मक असरको प्रभाव नेपालको ‘पोल्ट्रिी’ व्यवसायमा पनि परेको सम्बद्ध क्षेत्रका व्यवसायी बताउँछन् ।

होजोन अटो (नेटाले) प्राप्त गर्यो ८१८ मिलियन अमेरिकी डलर लगानी
बुधबार, माघ ९, २०८१
चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ। यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको हो ।

आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
बुधबार, माघ ९, २०८१
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ ।
विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन् ।

देवदहबाट लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन हुने
मंगलबार, माघ ८, २०८१
लुम्बिनी विकास कोषले देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ। गत ४ पुसदेखि सञ्चालन गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रीको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदहबाट समेत सञ्चालन गरिने भएको हो ।

५२ अर्ब लागतको ‘धौवादी फलाम उद्योग’ द्रुत गतिमा सञ्चालन गर्नुपर्नेमा जोड
सोमबार, माघ ७, २०८१
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउनुपर्ने बताएका छन ।
पूर्वी नवलपरासीको हुप्सेकोटस्थित उक्त खानी उद्योग सञ्चालनका विषयमा सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग गरिएको अन्तरक्रियामा उनले उक्त कम्पनी सञ्चालनका कार्यहरू छिटोछरितो तवरले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन ।

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद
सोमबार, माघ ७, २०८१
इलामको सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो । उनी २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किएका हुन् ।

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै
आइतबार, माघ ६, २०८१
पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका उद्योगले पछिल्लो समय आफ्नो बेग्लै पहिचान बनाउँदै गएको छ ।
ढाका कपडाको महत्व बुझाउँदै स्थानीय सरकारले बजारीकरणमा सघाउन थालेपछि यहाँ उत्पादित ढाकको टोपी, सल, झोला तथा अन्य कपडाले बजार पाउन थालेको छ ।

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
आइतबार, माघ ६, २०८१
सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो ।

कांग्रेसकाे `स्टार्टअप´ र साना तथा मझौला व्यवसाय सम्मेलन माघ १६ देखि
शनिबार, माघ ५, २०८१
कांग्रेसले नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न माघ १६ र १७ गते सम्मेलन गर्ने भएको हो ।

हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमा : तीन महिनादेखि उत्पादन बन्द
बिहीबार, माघ ३, २०८१
“अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ”, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, “उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ”, “यसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा...

पुराना भन्सार एजेन्टलाई काम गर्न दिनुपर्ने माग
बुधबार, माघ २, २०८१
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ बारे भन्सार एजेन्ट प्रतिनिधि संघसँग छलफल भएको थियो । उक्त छलफलका क्रममा २०७९ जेठ १५ गतेभन्दा अघि काम गरिरहेकालाई पुनः काममा फर्काउने व्यवस्था विधेयकमा समेट्न सुझाव आएको हो ।

प्रधानमन्त्रीले गरे सुकेधारामा रहेको कर्मक्युर होटेलको उद्घाटन
बुधबार, माघ २, २०८१
होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक कर्मक्युर होटेल सञ्चालनमा आएको हो ।
साताको लोकप्रिय