रास्वपाद्वारा नेपाली खो-खो टोलीलाई सम्मान
बुधबार, माघ ९, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली खो-खो टोलीलाई सम्मान गरेको छ।
भारतमा केही दिनअघि भएको प्रथम खो-खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई रास्वपाले सम्मान गरेको हो।
‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता आगामी शनिबार
बुधबार, माघ ९, २०८१
नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा हुने राइट टु प्रोटिन दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
यही माघ १२ गते हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर पुरुष, पाँच किमि महिला, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि (छात्र) र तीन किमी (छात्रा), फरक क्षमता भएका...
खो खो विश्वकप : पुरुषतर्फ नेपाल उपविजेता
आइतबार, माघ ६, २०८१
पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली उपविजेता बनेको छ । नेपाल फाइनलमा भारतसँग पराजित भएको हो ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अंकले पराजित भएको हो ।
खो खो विश्वकपमा महिलातर्फ नेपाल भारतसँग पराजित
आइतबार, माघ ६, २०८१
पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली उपविजेता बनेको छ । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको हो ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७८–४० अंकले पराजित भएको हो ।
कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो
आइतबार, माघ ६, २०८१
नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक १९ स्वर्ण, सात रजत र १३ कास्यसहित पहिलो भएको छ ।
नेपालको पुरूष टोली पनि खो खो विश्वकपको फाइनल प्रवेश, इतिहास रच्दै नेपाली खेलाडी
शनिबार, माघ ५, २०८१
नेपालको पुरूष टोली खो खो विश्वकपको फाइनल प्रवेश गरेको छ । भारतमा जारी खो खो विश्वकप नेपाली पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको हो ।
नेपाली महिला टोली खो खो विश्वकपको फाइनलमा प्रवेश
शनिबार, माघ ५, २०८१
नेपाली महिला टोली खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपाली टोलीले फाइनल यात्रा तय गरेको हो ।
पिपलडाँडा देविस्थान माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
शनिबार, माघ ५, २०८१
हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देविस्थान माध्यमिक विद्यालय मङ्गलटारले जितेको छ । वडा नं १० अर्खौलेमा सञ्चालित सरस्वती माध्यमिक विद्यालय अर्खाैलेको संयोजनमा आयोजित पाँचौँ संकरणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पिपलडाँडा देविस्थान मावि मङ्गलटारले छ स्वर्ण, नौँ रजत र दुई काँस्य...
नेपाल कबड्डी लिग खेल्न विदेशी खेलाडी र प्रशिक्षकको आगमन
सोमबार, पुस २२, २०८१
नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि केही विदेशी खेलाडी र प्रशिक्षक नेपाल आइपुगेका छन् । भारतबाट दुई प्रशिक्षक, केन्या र बङ्गलादेशबाट पाँच खेलाडी आइसकेको आयोजकले जनाएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आगामी ४ माघदेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सिजनमा सहभागिता जनाउन आउने पहिलो विदेशी खेलाडी आलोक सिंह...
माघ दोस्रो साता दौड प्रतियोगिता
सोमबार, पुस २२, २०८१
नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
आगामी माघ १२ गतेदेखि हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, पुरुषतर्फ १० किमि दौड, महिलातर्फ पाँच किमि दौड तथा कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि र तीन...
पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन
मंगलबार, पुस १६, २०८१
पोखरामा आयोजना गरिएको २१औँ संस्करणको ‘माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिताको उपाधि आरव सम्राट हाडा र सुनिरा थापाले जितेका छन् ।
कास्की जिल्ला टेनिस सङ्घद्वारा यही पुस ११ गतेदेखि सुरू भएको उक्त प्रतियोगिताको आज सम्पन्न फाइनलमा पुरूष एकलतर्फ आरव सम्राट हाडाले प्रनव मानन्धरलाई ६–१ र ६–१ अङ्कले पराजित...
साताको लोकप्रिय