यी हुन कम समय काम गर्दा पनि धेरै तलब दिने देश, डेनमार्क पहिलो
आइतबार, माघ ६, २०८१
डेनमार्कबाट एउटा अचम्मको खबर बाहिर आएको छ ।
डेनमार्क कार्य जीवन सन्तुलनमा विश्वका शीर्ष ५ देशको सूचीमा परेको छ । राम्रो काम जीवन सन्तुलनका आधारमा विश्वका शीर्ष ५ देशमा परेको डेनमार्कमा १.१ जनाले मात्र हप्तामा ५० वा सोभन्दा बढी घण्टा काम गर्नुपर्छ ।
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा १४ जनाको मृत्यु
आइतबार, माघ ६, २०८१
सुडानमा युद्धको कारण १२ लाख भन्दा बढी मानिस घरबारविहीन भएको छ । यसलाई संयुक्त राष्ट्र संघले हालको सबैभन्दा खराब मानवीय प्रकोपहरूमध्ये एक बताएको छ ।
भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी
आइतबार, माघ ६, २०८१
अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको हो। अदालतले यस्तो उल्लंघनलाई गम्भीर रूपमा लिएको देखिन्छ। विशेषगरी सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित ठूला संस्थाहरूका क्रियाकलापप्रति यो मुद्दा आकर्षित हुने दाबी गरिएको छ।
श्रीलंकामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते
आइतबार, माघ ६, २०८१
श्रीलंकाका अधिकारीहरूले यात्रुवाहक बसहरूमा ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीलाई तीव्रता दिइरहेका छन्।
हमासद्वारा आइतबार रिहा हुने तीन बन्धकको नाम सार्वजनिक
आइतबार, माघ ६, २०८१
‘सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,’ बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
महाकुम्भमा छैटौं दिन २५ लाखभन्दा बढी तीर्थयात्रीको आगमन
शनिबार, माघ ५, २०८१
प्रयागराज शहरमा चलिरहेको महाकुम्भको छैटौं दिन बेलुका ४ बजेसम्म २५ लाख भन्दा बढी तीर्थयात्रीहरूले भ्रमण गरेका छन् ।
महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा १० लाखभन्दा बढी कल्पवासी र ३५ लाख भक्तजनले स्नान गरेको तथ्यांक छ ।
ब्राजिलमा प्रहरीसँगको गोली हानाहानमा ६ जनाको मृत्यु
शनिबार, माघ ५, २०८१
ब्राजिलको दक्षिणी पराना राज्यको पोन्टा ग्रोसा नगरपालिकामा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा छ जना संदिग्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
इरानमा सर्वोच्च अदालतको दुई न्यायाधीशको गोली हानी हत्या गरेपछि आक्रमणकारीले गरे आत्महत्या
शनिबार, माघ ५, २०८१
न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् । उनको उपचार भइरहेको छ।
भारतीय अस्पतालमा भएको बलात्कारको घटनामा रोय दोषी ठहर, सोमबार सजाय सुनाइने
शनिबार, माघ ५, २०८१
घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरूले ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोधप्रदर्शनमा सामेल भएका थिए ।
रुसी सेनावाट युद्ध लडेका १२ भारतीयको मृत्यु, १६ अझै बेपत्ता
शनिबार, माघ ५, २०८१
युक्रेनमा हालसम्म रुसको पक्षमा लडिरहेका १२ भारतीयको मृत्यु भइसकेको छ ।
भारतीय बिदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार अबेर पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
युद्बबिराम घोषणा पछि पनि इजरायली हमला जारी, ११३ प्यालेस्टाइनीको मृत्यु
शनिबार, माघ ५, २०८१
युद्बबिरामको घोषणा सुरू भए देखी गाजामा ११३ जना मारिएका छन् ।
आइतबार देखि सुरु हुने भनिएको युद्धविराम सम्झौताको घोषणा भएदेखि इजरायली आक्रमणमा ११३ जनाको मृत्यु भएको हो ।
क्यानडाको प्रधानमन्त्रीमा भारतीय मुलका चन्द्र आर्यको उम्मेदवारी (घोषणापत्रसहित)
शनिबार, माघ ५, २०८१
क्यानडामा जस्टिन ट्रुडोले राजीनामा दिए पछि भारतीय मूलकी सांसद चन्द्र आर्य औपचारिक रूपमा क्यानडाको भावी प्रधानमन्त्रीको दौडमा सामेल भएका छन् ।
हालै उनले उम्मेदवारी दर्ता गराएको नवभारत टाइम्सले लेखेको छ । सो क्रममा उनले क्यानडाको संसदलाई कन्नड भाषामा सम्बोधन गरेका थिए ।
इजरायली सैन्य कारबाही स्थगित गर्न संयुक्त राष्ट्र प्रमुखको आव्हान
शुक्रबार, माघ ४, २०८१
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार लेबनानमा इजरायली सैन्य अभियान रोक्न आव्हान गरेका छन् ।
दक्षिणी लेबनानमा रहेको संयुक्त राष्ट्र संघको अन्तरिम बल (युनिफिल) को मुख्यालयमा शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै गुटेरेसले भने, 'इजरायलको रक्षा बलद्वारा युनिफिल क्षेत्रभित्रको निरन्तर कब्जा र लेबनानी क्षेत्रमा सैन्य कारबाही चलाउनु उल्लंघन हो ।
साताको लोकप्रिय